ग्लोबल आइएमई बैंकले तीन दिनमै कर्जा दिने



काठमाडौं, (नेस)

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८ दशमलव ९९ प्रतिशत ब्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले कोभिड–१९ ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो ।

कर्जा लिन चाहनेले आवश्यक कागजात बैंकमा पेश गरेको तीन कार्य दिनभित्र कर्जा प्राप्त गर्न सक्नेछन् । यस सेवाअन्तर्गत व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाखदेखि १ करोड रुपिया“सम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्