नेपालमा आईटीको सम्भावना



विश्वमा बढ्दै गएको सूचना प्रविधिको विस्तार र विकासको प्रभावले नयाँ पुस्ताको आकर्षण यस क्षेत्रप्रति बढ्दो छ । ‘सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रुपान्तरणका लागि विषय र माध्यम दुवै रुपमा प्रयोग गर्ने गरी पाठ्यक्रमको विकास गरिनेछ’ भन्ने राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ मा उल्लेख छ । विश्व प्रविधिमय हुँदै गइरहेको परिप्रेक्ष्यमा नेपालको शिक्षा क्षेत्र त्यसबाट अछूतो रहन सक्दैन ।

सूचना प्रविधि क्षेत्र नेपालका लागि धेरै सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग अझ बढी उपयुक्त हुने देखिन्छ । नयाँ पुस्तामा आधुनिक समय सुहाउँदो शिक्षाप्रतिको आकर्षण बढ्दो छ । मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने गरी वर्तमान शिक्षा नीतिमा परिवर्तन गरी सूचना प्रविधियुक्त शिक्षा नीतिको आवश्यकता देखिन्छ ।

नेपालमा एनिमेसनको क्षेत्र बृहत् हुन सक्छ । विश्वास नलाग्न सक्छ, नेपालको एनिमेसन हलिउडसम्म पुगेको छ । एनिमेसन, कलाकारिता र विज्ञान दुवै हो । यो क्षेत्र अरू क्षेत्रभन्दा महँगो क्षेत्र हो । तर, यसमा पारंगत हासिल गर्न सकेमा विदेशी डलर आर्जन गर्न सकिन्छ । क्यामराबाट बनाएको फिल्मभन्दा एनिमेसन फिल्म तीन गुणा महँगो हुन्छ ।

नेपालमा धेरै कथाहरू छन्, त्यसकै एनिमेसन फिल्म बनाउन सकिन्छ । सरकारको एनिमेसन क्षेत्रलाई हेर्ने दृष्टिकोण फराकिलो हुन आवश्यक छ भने लगानीको पनि आवश्यकता छ । हामी नेपालीमा थ्रीडी एनिमेसन फिल्म बनाउन सक्छौं । विश्व बजारबाट पनि यसको त्यत्तिकै माग भइरहेको छ । नेपालमा बनेका एनिमेसन विश्व बजारमा सजिलै बिक्छ ।

अन्त्यमा, विश्व बजारमा आईटी बुम भएको छ, नेपाल त्यसमा अछूतो हुने कुरै भएन । प्रशस्तै सम्भावनाहरू छन् तर जनशक्तिको कमी छ । सिक्ने र सिकाउने विषयमा विकसित नवीनतम विधि, नियम र प्रविधिलाई कुशलतापूर्वक प्रयोगको उचित वातावरण सृजना गर्दै अन्य विकसित देशको तुलनामा नेपाललाई पु¥याउन सक्ने शिक्षा नीतिका साथै दृष्टिकोण अपरिहार्य छ ।

आईटी शिक्षामा अवसरै अवसर छ । नेपालमा आईटी शिक्षाको भविष्य अति उज्ज्वल छ । सूचना प्रविधिको क्षेत्र र त्यसका अवसरहरू ज्यादै ठूलो छ । सूचना प्रविधिको क्षेत्रमा रोजगारी प्राप्त गर्न कहीँ–कतै निवेदन दिइरहनुपर्दैन । आईटी आपैंmमा बृहत् क्षेत्र हो । तर आईटी विकासको चरम उत्कर्षमा पुगेका देशहरुमा समेत मागअनुसारका जनशक्ति पाउन मुस्किल छ । भनिन्छ, आईटी क्षेत्रमा १० वटा काम बराबर एक व्यक्ति छन् ।
कामको मागअनुसार जनशक्ति अभैm अपुग छ । एउटा व्यक्तिले आईटीका धेरै काम गर्नुपर्ने अवस्था छ ।

त्यसैले यस क्षेत्रमा यदि आपूmसँग जाँगर र सिर्जना छ भने कम्प्युटरकै अगाडि बसेर लाखौँ कमाउन सकिन्छ । आपूmले विकसित गरेको नयाँ सफ्टवेयरको बिक्रीबाट भाग्य चम्किन कुनै बेर लाग्दैन । आपूmले खोलेका वेबसाइटलाई लोकप्रिय बनाउन सके पनि आम्दानीको बाटो खुल्छ । एकातर्पm आईटीको प्राविधिक ज्ञान हुनेहरू आफ्नै व्यवसायका लागि पनि सक्षम हुन्छन् भने अर्कातर्पm उनीहरू गुणस्तरीय जागिरका लागि पनि योग्य हुन्छन् ।

सरकारी तथा गैरसरकारी दुवै क्षेत्रमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै दक्ष जनशक्तिको खाँचो पनि बढिरहेको छ । सबै संस्थाले आपूmलाई इन्टरनेटको संसारसँग जोडेर सोहीअनुरूप अघि बढाउने चाहना राखेका हुन्छन् । अब कुनै पनि संस्था, वस्तु वा सेवाका बारेमा बुझ्न ग्राहकहरू फोन गर्ने झन्झट व्यहोर्न चाहँदैनन्, उनीहरू वेबसाइटमार्पmत नै सबै कुरा जान्न चाहन्छन् । यस्तो परिस्थिति सिर्जना हुनु भनेको सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको माग वृद्धि हुनु हो ।

आईटी शिक्षा प्रयोगात्मक एवम् व्यावहारिक शिक्षा भएकाले यसमा रोजगारीको अवसर प्राप्त गर्न गाह्रो छैन । तर पनि प्राविधिक शिक्षामा पोख्त र सिर्जनशील भने हुनै पर्छ । पछिल्लो समय युवाहरू कम्प्युटर इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, बीसीए, बिएस्सी सीएसआईटीजस्ता विषयमा आकर्षित हुँदै गएका छन् । यसरी औपचारिक शिक्षामा दक्षता हासिल गरेका विद्यार्थीहरूले देशमा मात्र नभएर विदेशमा समेत अवसर पाइरहेका छन् ।

अहिलेको अवस्थामा नेपालमा आईटी क्यारियरको सम्भावना आधारभूतरूपमा हार्डवेयर, सफ्टवेयर र कम्युनिकेसनमा देखिएको छ । नेपालको परिवेशमा सफ्टवेयरको क्षेत्रमा धेरै सम्भावना देखिएको छ । विदेशी कम्पनी नेपालमा आइरहेका छन् । त्यो कुरालाई मध्यनजर गर्दा हार्डवेयर डेभलपमेन्ट, सिस्टम एनालाइसिस, डाटा एड्मिनिस्ट्र्सन, डाटा स्टोरलगायतका काम नेपालमा देखिएका छन् ।
नेपालमा डाटा वेयर हाउसको कन्सेप्ट पनि शुरू भएको छ । डाटा सेन्टरको कामको सम्भावना पनि बढिरहेको छ

डाटा सेन्टरको काम नेपाल सरकारको आईटी विभागअन्तर्गत भइरहेको छ । त्यहाँ जागिरका अवसरहरू धेरै नै छन् । निजी क्षेत्रबाट पनि डाटा सेन्टरका कामहरू भइरहेका छन् । पुल्चोक क्याम्पसमा आईसीटी प्रोजेक्टअन्तर्गत डाटा सेन्टर बन्दै छ, त्यहाँ पनि आईटीका विद्यार्थीले सिक्ने र काम गर्ने अवसर पाउने छन् । यसले राम्रो सम्भावना देखाएको छ ।

सरकारी डाटा सेन्टरमा लोक सेवा आयोगबाटै कामको अवसर सिर्जना भइरहेको छ । आजभोलि कम्प्युटर इन्जिनियरहरू लोक सेवाले मागिरहेको छ । अबको दिन यस्तो आउँदै छ कि कम्प्युटरको प्रयोगविना कुनै पनि काम गर्न सकिँदैन ।

वेबसाइट डेभलपमेन्टमा काम गर्नेले महिनाको शुरुआतमा पारिश्रमिक १० देखि १५ हजारसम्म प्राप्त गर्न सक्छन् । स्नातक गरिसकेपछि न्यूनतम यति रकम हो, त्यसपछि उनीहरूले आफ्नो ज्ञानअनुसार जति पनि कमाउन सक्छन् । एक वर्षको अनुभव भएकाले कम्तीमा २० देखि ३० हजारसम्म पारिश्रमिक प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्