पैदल यात्रुको अटेरीपन



धेरैजसो पैदल यात्री ट्राफिक प्रहरीले जरिबाना गर्न थालेपछि अनुशासित भइसकेका थिए । तर केही भने जहाँबाट मन लाग्यो त्यहीँबाट बाटो काट्ने, नजिकै जेब्राक्रसिङ भए पनि त्यसको वास्ता नगर्ने, ट्राफिक प्रहरी वा अन्य कसैले सम्झाउँदा पनि उल्टै गालीगलौज गरी नटेर्ने, ओभरहेड ब्रिजबाट नहिँडी सवारीसाधनको चाप भएको स्थानबाटै जबरजस्ती सडक काट्ने गरेको देखिन्छ । सरकारले जरिबाना लगाएपछि त्यसमा कमी आएको थियो । यहाँ नजानेर भन्दा पनि जानी–जानी बुझेर बुझ पचाउनेले नियम उल्लंघन गरेका छन् ।

फेरि जरिबानाको व्यवस्था गरेर पैदल यात्रीका लागि ट्राफिक व्यवस्थापन गरोस् । मनपरि गर्ने अनुशासनहीन पैदल यात्रीलाई अनुशासनपूर्वक सडक पार गर्न सिकाउने एकमात्र विकल्पका रूपमा २ सय रुपियाँ जरिबाना वा ती अटेरी पैदलयात्रीलाई जनचेतना जगाउन र सिकाउन केही समय ट्राफिक प्रहरीको कक्षामा राखी छाड्ने व्यवस्था फेरि गर्न जरुरी छ । प्रहरीले पनि नीतिगतरूपमै कारबाहीको कुरा अगाडि बढाएमा पछि समस्या पर्दैन । यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।
– श्रीधर गाउँले, ललितपुर ।

 

प्रतिक्रिया दिनुहोस्