बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ



न्युज अफ नेपाल, पर्वत ।

१५ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिकाबाट एकजना पुरुष पक्राउ परेका छन । बिहादी गाउँपालिका वडा नं १ बाच्छाका ३८ बर्षिय गोपालबहादुर क्षेत्री पर्वत प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त क्षेत्रीले सोही ठाउँकी १५ बर्षिया बालिकालाई असार ३१ गते राती करणी गर्ने आसयले दुर्ब्यबहार गरेको आरोप लागेको छ ।

क्षेत्रीलाई इलाका प्रहरी

कार्यालय हुवास पर्वतबाट पुगेको प्रहरी टोलीले क्षेत्रीलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको छ । पिडीत बालिकाकी आमाले प्रहरीमा लिखित उजुरी समेत दिएकाले जिल्ला अदालतबाट म्याद थप गरेर आरोपित क्षेत्रीकाविरुद्ध
अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्