बहिनी मर्नुभन्दा आफू मर्नु ठीक भन्दै जब ६ बर्षीय बालकले सोँचे…



न्युयोर्क, (एजेन्सी)

अमेरिकाको वायोमिंग निवासी छ वर्षिय बालक ब्रिजर वाकरले आफ्नो ज्यानको बाजी थापेर बहिनीलाई एउटा कुकुरको आक्रमणबाट जोगाएको खवर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

अमेरिकी संचार माध्यम सिएनएनका अनुसार ९ जुलाईमा उनले चार वर्षिया बहिनीलाई एक वर्षिय जर्मन सेफर्डको साँघातिक हमलाबाट बचाउन सफल भएका हुन् । तर उक्त उद्धार कार्य गर्दा कुकुरले भाग्नु सट्टा ब्रिजरलाई नै झम्टेर नराम्ररी घाइते बनाएको छ । जस्को कारण ब्रिजरको दुईघन्टा लामो शल्यक्रिया गरिनु प¥यो ।

उनको शरिरमा नब्बे वटा भन्दा बढि टाँका लगाइनु परेको छ । ब्रिजरले त्यो दिन मर्नै परे आफैं नै मर्ने उद्देश्यले आफु कुकर र बहिनीबिच हाम फालेको बताएक छन् । उनको परिवारले सबैले ब्रिजरले जस्तै विश्वलाई नै एउटा सानो बच्चा सम्झेर माया र संरक्षण गर्न प्रेरणा लिनुपर्ने विचार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्