सभापति देउवाले गरेको मनोनयनविरुद्ध तीन पदाधिकारी गरे उजुरी



काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यले पार्टीको बिभिन्न विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी गरेका छन ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले देउवा बिरुद्ध उजुरी दिएका हुन् । महाधिवेशन भएको ६ महिनाभित्र गठन हुनुपर्ने विभाग आउदो महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको नेताहरुले आरोप लगाएका छन ।
तर देउवाले आगामी महाधिवेशनलाई प्रभावित पार्न आफु निकटका ब्यक्तिलाई बिभिन्न बिभागको प्रमुख र सदस्यमा मनोनय गर्दैै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्