फिफा वरियतामा नेपालको स्थान यथावत



 

ज्यूरिच, । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको विश्व फुटबलको वरीयतामा नेपाल १ सय ७०औं स्थानमा यथावत रहेको छ ।

अघिल्लो महिना जारी गरिएको वरियता पनि नेपाल यही स्थानमै थियो । कोरोना महामारीका कारण विश्वभरका फुटबल गतिविधि प्रायः ठप्प रहँदा वरियता पनि फेरबदल भएको छैन ।

दक्षिण एसियामा भारत सबैभन्दा अगाडि १ सय आठौं स्थानमा यथावत छ । अफगानिस्तान १ सय ४९औं, माल्दिभ्स १ सय ५५औं स्थानमा छन् । नेपालभन्दा पछाडि बंगलादेश १ सय ८७औं स्थानमा, भुटान १ सय ८९औं र पाकिस्तान २ सय ३ स्थानमा छन् ।

वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत नै छ । त्यस्तै, दोस्रो देखि दशौ स्थानसम्म क्रमशः फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, उरुग्वे, क्रोएशिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्