मान्छे जस्तो माछा भेटियो



क्वालालम्पुर,(एजेन्सी)

मलेसियामा एकजना पर्यटकले तालमा फिसिंग रडको मद्धतले समातेको माछाको दाँत पुरै मानिसको जस्तो भेटिएको छ । यो अनौठो माछा अनलाइनमा भाइरल भएको छ ।

यसका तल र माथिका दन्त लहर हुबहु मानिसकै जस्ता छन् । यसका तस्वीर ट्विटरमा हजारौ. पटक सेयर भएको छ ।

मान्छेको जस्तै आँखा , नाक र मुख भएको पहिलो पटक कार्प प्रजातिको माछा भेटिएको हो । ट्विटरमा थुप्रै युजरले पत्याउनै नसकिने भन्दै प्रतिक्रिया जनाएका छन् ।

युजरहरुले रमाइलोका लागि यस माछाका आँखामा फोटोसपबाट नक्कली आँखीभौ जोडेर पनि सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्