नेकपा विवादः वालुवाटारमा हुनै लागेको सहमति फेरि भाँडियो



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीभित्रको जारी विवाद समाधान गर्न अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको दुरी फेरि बढेको छ ।
ओली र प्रचण्डबीच छ पटकसम्म भएको वार्तामा पनि सहमतिको विन्दु फेला नपरेपछि विहिवार वरिष्ठ नेता माधव कुमार नेपाल समेत सहभागी हुनुभएको थियो ।
तर तीन नेताबीच भएको छलफलमा प्रचण्ड र नेपाललले पुनः प्रधानमन्त्री र अध्यक्षबाट राजिनामा दिनुपर्ने अडान दोहोयाएपछि नेकपाभित्र राजिनामाले थप जटिलता बढाएको छ । ओलीले भने दुवै पद नछोडने अडान राख्दै आउनुभएको छ ।
दुवै पद नछोडने अडान ओलीले लिएपछि विहिवार प्रचण्डले वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासँग खुमलटारमा छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले भने हुनै लागेको सहमति प्रचण्ड र नेपालले पुनः राजिनामाको विषय उठाएर परिस्थिति थप जटिलतातर्फ लैजान खोजेको बताएको छ । त्यसैगरी दुई अध्यक्षबीच देखिएको विवादको कारण स्थगित भएको स्थायी कमिटी बैठक भोलीबाट सुरु गर्ने तयारी प्रचण्ड नेपाल पक्षले गरेपनि ओलीले पनि सहमति जनाइनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्