कोषले भन्यो ‘नेपाल र भारतबीच सम्बन्धलाई धुमिल गर्न केही शक्तिहरु सक्रिय’

पशुपति मन्दिरमा भट्टहरु हटाउने कुनै सोच छैन ः कोष



न्युज अफ नेपाल, काठमाडौं ।

पशुपति विकास कोषले पशुपतिमा कार्यरत भट्टहरु हटाउने कुनै सोच नरहेको जनाएको छ ।

सरकारले भट्टहरु हटाउन लागेको भनि विभिन्न अनलाईन न्युजपोर्टलहरुमा आएको समाचारप्रति कोषको ध्यानाकर्षण भएको भन्दै कोषले विज्ञप्ती प्रकाशित गरी सो कुरा प्रस्ट पारेको हो ।

पशुपतिमा कार्यरत भट्टहरु हटाउने चर्चा नेपाल र भारतबीच सयौं वर्षदेखि कायम सम्बन्धलाई धुमिल पार्नेहरुको उक्साहट रहेको कोषले जनाएको छ । नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्ति सक्रिय रहेको पनि विज्ञप्तीमा भनिएकोषका सदस्य सचिव डा. प्रदीप ढकालद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भनिएको छ ‘ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र कोषले भट्टहरु हटाउने कुनै सोच बनाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्