पाँच मुक्तक



  •  तिमी मुस्कुराउन मैले लाखौं पिडा लुकाउँनु पर्ने हुन्छ
    हाम्रो माया अमर राख्न करोडौं मुल्य चुकाउँनु पर्ने हुन्छ
    तिम्रा हरेक सफलताको लागि मैले हार खाएर तिमीलाइ
    भगवान सम्झेर कदम कदम मा शिर झुकाउँनु पर्ने हुन्छ

 

  • झलझल उसकै सम्झना आउँछ अब म कसो गरुँ
    मन मुटुले उसकै नाम बताउँछ अब म कसो गरुँ
    घन्टौं आँखा बन्द गरेर बस्दा पनि भएन हजुर
    हृदयले उसकै तस्बिर सजाउँछ अब म कसो गरँ

 

  • मलाई तिम्रो हिराको हार चाँहिदैन माया भए पुग्छ।
    करोडौंको विशाल दरवार चाँहिदैन माया भए पुग्छ।।
    म सधैं हिलो र धुलोमा हुर्किएकी सँस्कारी छोरी हुँ।
    मलाई कुनै लाखौंको कार चाँहिदैन माया भए पुग्छ।।

 

  • आजभोलि सत्ताधारीहरु धुमधाम गर्दै छ्न रे।
    अझ हिजो भन्दा आज धेरै काम गर्दै छ्न रे।।
    सबै मिली भागवण्डा अनि भ्रष्टाचार गरेर ।
    रास्ट्रको सम्पूर्ण ढुकुटी लिलाम गर्दै छ्न रे।।

 

  • यो माया भने चिज कस्तो कोमल बन्न सफल भएँ।
    घरीघरी चित्त नबुझे पनि असल भन्न सफल भएँ।
    मौन बसी तिमीले मेरो अग्नि परिक्षा लिँदा
    बिशिस्ट अंक ल्याएर प्रथम हुन धन्न सफल भएँ।।

प्रतिक्रिया दिनुहोस्