बेरुजु फछ्र्यौटमा थाहानगर पुरस्कृत



????????????????????????????????????????????????????????????

हेटौंडा, (नेस)
बेरुजु फछ्र्यौट गर्ने विषयमा मकवानपुरको थाहानगर उत्कृष्ट भई पुरस्कृत भएको छ । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहा नगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षणबाट २ दशलमव ५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । बेरुजु फछ्र्यौट कार्ययोजना र मार्गदर्शनअनुसार उक्त कार्यमा सहभागी कर्मचारीलाई प्रशंसापत्रसहित १० हजारले पुरस्कृत गर्न भनिएको छ ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयको बेरुजु २.५४ प्रतिशतमात्र कायम छ । थाहा नगरपालिकाको आर्थिक वर्ष २०७४/०७४ सम्मको नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्नुपर्ने ६४ लाख ४ हजार र पेश्की ७६ लाख ८९ हजार गरी १ करोड ५५ लाख ६५ हजार पेश्की बाँकी भएकोमा नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्ने ६० लाख १३ हजार र पेश्की फछ्र्यौट ७४ लाख ६७ हजार गरी १ करोड ४९ लाख ५२ हजार बेरुजु फछ्र्यौट भएको छ ।

आर्थिक अनुशासनमा देशमा उत्कृष्ट घोषित भएकोमा नगर प्रमुख लवशेर बिष्टले आभार व्यक्त गर्नुभएको छ । नगर प्रमुख बिष्टले उक्त कार्यमा उल्लेखनीय योगदान पु¥याउने प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा कर्मचारीलाई धन्यबाद दिँदै उपलब्धि सधैं जोगाइराख्न कर्मचारीलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्