निश्चल माथि खनिए निर्देशक श्याम भट्टराई, यस्ताे सम्म भने



काठमाडौं ।

निर्देशक श्याम भट्टराईले अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक आक्रोसपूर्ण पोष्ट गर्दै निर्देशक भट्टराइले  यस्ताे अभिव्यक्ति दिएका हुन् ।

भट्टराइले कहाँबाट पाध्ने र कहाँबाट छाध्ने आफुलाई नसिकाउन भन्दै सामाजिक सन्जालमा यस्ताे लेखेका छन ।

‘को हो त्यो निश्चल बस्नेत ? प्रश्नसहित लेख्न सुरु गरेका भट्टराइले राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो भन्ने प्रश्न समेत खडा गरेका छन् । ‘अश्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’ उनले अगाडि भनेका छन्– ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ । धेरै नबोल ।’

आधा दर्जन फिल्म निर्देशन गरेका भट्टराई निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरिकामा छन् ।

उनले राजेश हमालको बिषयमा निश्चलले बिभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता चित्त नबुझेर आफुले सामाजिक सञ्जालमा उक्त पोष्ट लेखेको बताए ।

त्यस्तै भट्टराइले थपे- ‘मेरो निश्चलसँग व्यक्तिगत रुपमा केही दुश्मनी छैन । तर उनले विभिन्न सञ्चारमाध्यममा राजेशका कुन फिल्म हिट छ भनेको चित्त बुझेन।’

प्रतिक्रिया दिनुहोस्