मृगौला पीडित सुरेश बचाउन अभियान सुरु



विमल विष्ट,डोटी ।

डोटीको शिखर नगरपालिका–११ बारपाटाका २१ वर्षीय मृगौला पीडित सुरेश रोकाया बचाउँ अभियान सुरु गरिएको छ । नेपाली काग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघका युवा नेता दीपेन्द्रबहादुर सिंह र योगेन्द्र रावतले जिल्लामा सुरेश बजाउँ अभियानको सुरुवता गरेका हुन् ।

करिब पाँच वर्ष पहिले दुवै मृगौला फेल भएपछि सुरेश रोकायको अहिले काठमाडौं स्थित महाराजञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भईरहेको छ । उहाँको उपचारमा आर्थिक समस्या हुन थालेपछि सहयोग गर्न सबैलाई अपिल सहित उक्त अभियान सञ्चालन गरिएको युवा नेता दीपेन्द्रबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अभावमा हाम्रो जिल्लाको एक हुनहार युवा मृत्यू वरणको दोसाधमा छ, सबैले सहयोग गरे ज्यान बचाउन सकिने भएकाले हामीले निस्वार्थ रुपमा अभियान चलाएका छौँ, आसा छ हाम्रो अभियानले सफलता पाउने छ ।”

त्यसैगरी युवा नेता सिंहले केही महिना पहिले जिल्लामा कोरोनाका कारण समस्यामा परेका स्थानीयलाई राहत उपलब्ध गराउनका लागि बिभिन्न क्षेत्रबाट राहत संकलन गरी बितरण गरेका थिए । जिल्लामा पीडित रहेका नागरिकलाई सहयोग गर्न सिंह सधै अग्रसर रहदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्