प्रदेश सांसदमा कोरोना भाइरसको संक्रमण



न्युज अफ नेपाल, वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशसभाले एकजना सांसदमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

सोमबार पिसिआर परीक्षण गरिएको र मंगलबार ती सांसदको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती सांसदलाई आइसोलेसनमा राखिएको छ । संसद बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित छ ।

प्रतिक्रिया दिनुहोस्