बनेपा नगरपालिकाको आधारभुत तहमा ‘हाम्रो बनेपा हाम्रो गौरब पाठ्यक्रम’



मोतीराम तिमल्सिना,काभ्रे।

बनेपा नगरपालिकाले आधारभुत तह कक्षा १–३ सम्मको स्थानीय पाठ्यक्रम तयार गरेको छ । २०७७ को शैक्षिक सत्र देखि लागु हुने गरी तयार गरिएको पाठ्यक्रमका बारेमा सरोकारवाला निकायलाई जानकारी गराएको छ । पाठ्यक्रममा स्थानीय पाठ्यक्रमको औचित्य, सक्षमताहरु, विषयक्षेत्र, शिक्षण सिकाई विधि, मूल्यांकन, कार्यान्वयन अवधिका बारेमा विषयहरु समेटिएको छ ।

पाठ्यक्रम निर्माण समितिमा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल संयोजक रहनु भएको छ भने वडा अध्यक्षहरु चन्द्रवहादुर खड्का, बलराम अधिकारी, हरिशंकर मानन्धर, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, शिक्षाविद् कमला कायस्थ, यादव थापा, महेशराज लामिछाने, बरिष्ठ राजश्व अधिकृत धु्रव नेपाल र शिक्षा शाखा प्रमुख श्याम सिंह धामी सदस्य सचिव रहेका छन् । त्यसको ब्यवस्थापन तथा संयोजन शिक्षा शाखाका शिवराज त्रिपाठी, शिक्षकद्धय रेणुकान्त भट्टाराई र बुद्धिमान जोशीले गरेका थिए ।

स्थानीय ज्ञान, सीप तथा प्रविधिको प्रवर्धन तथा विश्वव्यापी ज्ञान, सीप तथा प्रविधिलाई स्थानीयकरण गर्न स्थानीय पाठ्यक्रम विकास तथा परिमार्जन गरिएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले जानकारी दिनु भयो । बनेपा नगरपालिकाले नगरवासीकोे माग र सिकारुको आवश्यकताका आधारमा स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन गरेको छ । बनेपा नगरपालिको नगर सभाबाट हाम्रो बनेपा हाम्रो गौरब पाठ्यक्रम विकास गर्र्ने नीतिगत व्यवस्था गरेको छ । बनेपा नगरपालिकाले मूलतः स्थानीय विषय वस्तुलाई राष्ट्रिय पाठ्यक्रमको मौजुदा संरचना अनुसार आधारभूत तहमा कक्षा १–३ मा साप्ताहिक ५ पाठ्य घण्टाका दरले वार्षिक १ सय ६० पाठ्य घण्टाको स्थानीय विषयवस्तु सम्बन्धी हाम्रो बनेपा हाम्रो गौरव पाठ्यक्रम विकास गरिएको नगर प्रमुख बादेले बताउनु भयो । स्थानीय ज्ञान, सिप, प्रविधि, व्यवसाय, संस्कार र संस्कृतिमा आधारित विषयसँग सम्बन्धित विषयवस्तुहरु समावेश गरिएका छन् ।

पाठ्यक्रमका विषयवस्तुहरुको आवश्यकता पहिचान गरी स्थानीय पाठ्यक्रम विकास मागदर्शन, २०७६ अनुसारको ढाचाँ विकास गर्न बनेपा नगर कार्यपालिकाको बैठकले बनेपा नगरपालिका उपप्रमुखको अध्यक्षतामा वडाध्यक्षहरु, शिक्षकहरु, स्थानीयस्तर विज्ञहरु सम्मिलिते स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरिएको थियो । समितिले पाठ्यक्रम विकासका लागि विद्यालय तह, वडा तह तथा स्थानीय तहमा विभिन्न कार्यशालाहरु संचालन गरी पाठ्यक्र्रमका सक्षमता/उदेश्यहरु, विषय क्षेत्र तथा क्रम, शिक्षण सिकाई विधि तथा मूल्यांकन विधि तर्जुमा गरिएको हो । पाठ्यक्रम शैक्षिक सत्र २०७७ देखि कक्षा १ र ८ मा कार्यान्वयन गरिनेछ ।

वि.स.२०७९ सम्म हाम्रो बनेपा हाम्रो गौरब पाठ्यक्रम कक्षा १–८ सम्म लागू गरिनेछ । पाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन पाठ्यपुस्तक लगायतका सामग्री विकास गरिनेछ उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो ।
पाठ्यव्रmमका माध्यमबाट स्थानीय तहका आवश्यकतालाई सम्बोध गरी सिकाईलाई व्यवहारिक र प्रभावकारी तुल्याउने, एक स्थान/क्षेत्र/व्यक्तिको ज्ञानलाई अर्को स्थान/क्षेत्र/व्यक्तिमा अनुकरण गरी अनुभव साटासाट गरी उत्पादनमूलक ज्ञान, सिप, प्रविधिको विस्तार गर्ने, स्थानीय तहका कला, संस्कृति, परम्परा, पर्यटकीय क्षेत्र, सिप, भाषाआदिको संरक्षण र संवर्धन गर्नु स्थानीयकलाकौशल, व्यवसाय, प्राकृतिक सम्पदातथा संस्कृतिको जानकारी गराई त्यसअनुरूपको व्यवहार गर्न सक्ने तुल्याउने, स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सक्ने भएकाले स्थानीय सोकारवालालाई जिम्मेवारी बोध गराउने, भौगोलिक, जातीय, लैङ्गिक, भाषिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, प्राकृतिकविविधतालाई सम्बोधन गर्ने, स्वावलम्बी एवम आत्मनिर्भर हुने ढङ्गको शिक्षाप्रदान गरी रोजगारउन्मुख नागरिक तयार गर्ने, आय आर्जन, श्रमप्रति सम्मान, काम प्रति लगाव बढाउन सहयोग पु¥याउने, स्थानीय स्रोत र साधनको अधिकतम परिचालनबाट कम खर्चमा शिक्षा दिने, स्थानीय विषयवस्तु समावेश गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्ने, आधुनिक र बालमैत्रीवातावरणमा सिकारुले व्यावहारिक ज्ञान लिने अवसर सिर्जना गर्ने, स्थानीय ज्ञान, सिप र प्रविधिलाई विश्वव्यापीकरण गर्ने, विश्वप्यापी ज्ञान, सिप र प्रविधिलाई स्थानीयकरण गर्ने, स्थानीय तहमा लुकेर बसेका ज्ञान, सिप र प्रविधिलाई उजागर गर्ने, परम्परागत पेसा, व्यवसाय र प्रविधिलाई जगेर्ना गर्न र विकास गर्न सहयोग पु¥याउने उदेश्य रहेको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो ।

पाठ्यक्रम लागु भए पछि नागरिकहरुले आधारभुत तह देखि नै बनेपा नगरपालिकाको ऐतिहासिक परिचय, भौगोलिक अवस्था, साँध सिमाना, जनसङ्ख्या, जातजाति, भूमिका तथा कार्यहरुको विवरण प्रस्तुति, वन जङ्गल, जडीबुटी, नदी, ताल, कुवा, पानीका स्रोत, ढुङ्गेधारा, डाँडाकाँडा, खानीलगायकाप्राकृतिक स्रोत र सम्पदाको संरक्षण र संवर्धनमा सहभागिता, जातजाति, मठ, मन्दिर, चैत्य, विहार, गुम्बा, जात्रा, पर्व, मेला, आनीबानी, मूल्यमान्यता, भाषा र वेषभूषा, गीत, सङ्गीतको पहिचान र अनुसरण, बनेपा नगरपालिका भित्र संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्धन, स्थानीय तहमा अपनाइने पेसा, उद्यमशीलता, व्यापार र प्रविधिको प्रवर्तनात्मक उपयोग, सरसफाइ, भोजन, व्यायाम, योग, प्राणायाम, ध्यान, स्थानीय खेलहरूको परिचय र अभ्यास, प्रकोप र वातावरणको संरक्षणप्रति सजग, दिगो विकासको परिचय र हरित विद्यालय अवधारणाको अवलम्बन, बनेपाको विकास निर्माण र समाज सेवामाविशेष योगदान पु¥याउने महत्वपूर्ण व्यक्ति र संस्थाहरू परिचय गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्