मेलम्चीको सुरुङ फुट्दा २ जना बेपत्ता



न्युज अफ नेपाल, हेलम्बु ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका छन् । अम्बारथानको १७ नम्बरको गेट फुट्दा आयोजनामा कार्यरत इन्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले गेट फुटेर निस्केको भेलले चार जनालाई बगाएको र दुई जनालाई भने सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। सकुशल उद्धार भएकाहरु शेखर खनाल र पेम्बा दोर्जे रहेका छन् ।

उहाँका अनुसार उनीहरुलाई मेलम्ची अस्पतालमा उपचार गराई थप उपचारका लागि काठमाडौं पठाउँदै छ । केही दिनदेखि मेलम्चीको सुरुङ बैकल्पिक माध्यमबाट पानी हाली परीक्षणको काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्