हिलाम्य सडकमा रोपाईँ



न्युज अफ नेपाल, ललितपुर ।

लामो समयदेखि जीर्ण रहेको ललितपुर महानगरपालिकाको वडा नं २६ र २७ सुनाकोठीको सठक खण्ड मर्मत नगरेको भन्दै मंगलबार स्थानीयले वडा कार्यालय घेराउँ र सडकमा रोपाँई गरेका छन् ।

सातदोबाटो चापागाउँ सडकखण्डमा पर्ने सो सडक निकै खाल्डाखुल्डी र हिलाम्य रहेको छ । स्थानीयले विरोध स्वरुप हिलाम्ये सडकमा धानको बीउ र युरिया मल ल्याएर रोपाईं गरेका थिए । जनप्रतिनिधि सुविधामुखी भएको जनताको समस्या कहिल्यै नसुनेको पनि उनीहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्