नेपाली युवतीको पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ



काठमाडौं । पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने सुरज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा राखेर साइबर अपराध गरेको भन्ने सूचना एवं निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले श्रेष्ठले अनधिकृत रुपमा ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटबनाई अश्लिल भिडियो अपलोड गरेको पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमार्फत म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्