अमेरिका विश्वकै सबैभन्दा ठुलो ह्याकिंग साम्राज्य चलाउँछ ः चीन



बेइजिंग (एजेन्सी)
कोरोना भाइरस, हंगकंग र साउथ चाइना सीलाई लिएर आपसमा आरोप प्रत्यारोपमा लागेका अमेरिका र चीनबीच तनाव बढ्ने क्रम जारी छ ।
चीनले अमेरिकामाथि विश्वकै सबैभन्दा ठुलो ह्याकिंग साम्राज्य चलाइरहेको आरोप लगाएको छ । यसअघि अमेरिकाले चीनमाथि आरोप लगाउँदै टिकटकका डाटा सीधै चिनियाँ सर्भरमा भन्डार हुने बताएको छ । केही दिन अगाडी मात्र अष्ट्रेलियाले चीनलाई संकेट गर्दै ह्याकिंगको आरोप लगाएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियिंगले टिकटकको डाटा चिनियाँ सेना र चिनियाँ कम्युनिस्ट पार्टीमा पुग्ने अमेरिकाले आरोप लगाएकोमा त्यसको कुनै प्रमाण छ, भन्ने प्रश्न गरेका छन् । अमेरिकासँग प्रमाण नभएको र यो उसको झुठो लान्छना लगाउने सुचीमा थपिएको नयाँ कुरा मात्र भएको उनले बताए ।
अमेरिका आफना बलियो मुल्य मान्यताहरुको दावी गर्छ, फेरी पनि एक सामाजिक सन्जाल प्लेटफर्मसँग डराएको छ जसमा युवा आफना भिडियो सेयर गर्छन – प्रवक्ताले बताए ।
अमेरिकाको प्रिज्म गेट घटनाबाट अमेरिका विश्वमा सबैभन्दा ठुलो ह्याकिंग साम्राज्य चलाइरहेको थाहा हुन्छ , उनले आरोप लगाए । अमेरिका गैर कानुनी तरिकाबाट नागरिकहरुको गतिविधिहरु माथि निगरानी राख्दै आइरहेको छ । हामीलाई लाग्छ अमेरिका आफैमाथि विचार गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्