बेलायतमा पसल जानु अगाडि अनुहार छोप्न अनिवार्य



न्युयोर्क (एजेन्सी) । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नागरिकलाई पसल जानु अगाडी अनुहार छोप्नु पर्ने उल्लेख गर्दै जुलाई २४ सम्म यसलाई अनिवार्य गर्ने बताएका छन् । बेलायतमा जुन १ देखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको थियो । अनुहार छोप्नुले वरिपरीका ब्यक्तीहरुलाई महामारीबाट बच्न मद्दत गने प्रमाण रहेको डाउनिंग स्ट्रिटका प्रवक्ताले बताए ।

यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यमा रेस्टुरेन्ट, बार र थिएटर पुन बन्द गरिएको छ । अमेरिकामा कोरोना संक्रमण संख्यामा अत्यधिक बृद्धी जारी रहेकोले उक्त कदम चालिएको हो । अमेरिकाको सबैभन्दा धेरै आवादी भएको यस राज्यमा अहिलेसम्म करिब ८ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ३४ लाख ४१ हजार संक्रमित भइसकेका छन् भने १ लाख ३७ हजार ९ सय ४७ को मृत्यु भइसकेको छ ।

यसैबीच अमेरिकामा कोरोना खोपको उत्पादन यसै बर्ष अगस्टको सुरुवाटसम्ममा शुरु गर्न सकिने सीएनएनले जनाएको छ । अमेरिकी प्रशासनले मे मा स्वास्थ्य तथा रक्षा विभागसँग मिलेर खोपको उत्पादनका लागि काम थालेको थियो । यसको उद्देश्य सन् २०२१ जनवरी सम्ममा ३० करोड डोज तयार गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्