रुसले कोरोना खोप तयार गर्‍यो, सेप्टेम्बरसम्ममा बजारमा आउने



मस्को (एजेन्सी) ।

रुसको सेचेनोव युनिभर्सिटीले विश्वकै सबैभन्दा पहिलो कोरोना खोप तयार गर्नमा आफु अरु भन्दा अगाडी हुने दावी गरेको छ । गम–कोविड–भ्याक–ल्यो नाम उक्त खोपको मानप माथिको परीक्षण सफल भएको युनिभर्सिटीले जनाएको छ ।

सेचनोव युनिभर्सिटीको इन्स्टिच्युट अफ मेडिकल पारासिटोलोजी ट्रपिकल एन्ड वेक्टर वोर्न डिजिजका निर्देशक अलेक्ज्यान्डर लुकाशेवले भने – ‘हाम्रो उद्देश्य मानवलाई सुरक्षा प्रदान गर्नका लागि कोविड १९ को खोप सफलतापुर्वक तयार गर्नु थियो । ‘

उनका अनुसार सुरक्षाका हिसाबले खोपको जाँच भइसकेको छ । यदि सबै अनुमति प्राप्त हुने हो भने खोप सेप्टेम्बरसम्ममा बजारमा उपलब्ध हुने उनले बताए ।

लामो समयसम्म प्रतिरोध क्षमता बढाउने

खोप विकास गर्ने गेमलीया इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्यान्डर गिन्टसबर्गले खोपको पहिलो र दोस्रो परीक्षण पुरा भएको रक्षा मन्त्रालयको आधिकारिक अखबार क्रासन्या जवेजदालाई बताए । यसले भाइरससँग लड्नका लागि शरीरको प्रतिरोध क्षमता बढाउने छ र त्यसलाई लामो समय सम्म कायम रहने छ । यो खोपले आगामी दुई बर्षसम्मका लागि कोरोनाबाट बचाउने गिन्ट्सबर्गले दावी गरेका छन् ।

पहिलो चरणको परीक्षण मे १८ बाट शुरु भएको थियो र यसमा १८ स्वयंसेवक सहभागी भएका थिए । दास्रो चरणको शुरुवाट जुन २३ बाट भएको थियो जसमा २० जना स्वयंसेवक सहभागी भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

अर्को औषधी तयार

हालै मात्र रुसको फार्मा कम्पनी आर फार्मले कोविड १९ को उपचारका लागि नयाँ औषधी पनि तयार गरेको छ । यो नयाँ एन्टीभाइरल औषधीको नामा कोरोनाविर राखिएको छ । क्लिनिकल परिक्षणपछि औषधी कोविड १९ विरामीको उपचारका लागि अनुमति दिइएको छ । उक्त औषधीले कोरोना विरामीलाई राम्रो असर गर्ने कम्पनीको दावी छ । कोरोना भाइरसको प्रतिकृति बन्ने प्रक्रियालाई रोक्छ ।

प्रतिक्रिया दिनुहोस्