रक्सी बिक्रीवितरण प्रतिबन्धित



जोहान्नेसवर्ग, (एजेन्सी)

दक्षिण अफ्रिकाले कोरोना भाइरस महामारी फैलिनबाट रोक्ने उद्देश्यले रक्सी बिक्रीवितरण माथिको प्रतिबन्धलगायत नयाँ नीतिनियमहरू सार्वजनिक गरेको छ । राती कफ्र्यु जारी गरिनुका साथै घरबाहिर निस्कँदा मास्क अनिवार्य बनाइएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले राष्ट्रिय स्वास्थ्य स्याहार प्रणालीको दबाबको कारण यस वर्षमै दोस्रोपटक रक्सीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएका छन् । दक्षिण अफ्रिकामा कोभिड–१९ संक्रमितको संख्या २ लाख ५० हजार नाघिसकेको छ ।

मृतकको संख्या पनि ४ हजार नाघिसकेको छ भने वर्षको अन्त्यसम्ममा यो संख्या ५० हजार नाघ्ने अनुमान गरिएको छ । महादेशकै दक्षिण अफ्रिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक भएको छ । झन्डै ५० प्रतिशत संक्रमित गाउटेंग प्रान्तका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्