होटल मजदुरहरूले लकडाउनको तलब पाउने



काठमाडौं, (नेस)
लकडाउनका बन्द रहेका होटलले आफ्ना मजदुरलाई न्यूनतम तलब दिने भएका छन् । होटल एसोसिएसन र मजदुर संगठनबीच मजदुरलाई ४ हजार ३ सयदेखि १० हजार रुपियाँसम्म पारिश्रमिक दिने आइतबार सहमति भएको हो।

सहमतिअनुसार पाँचतारे होटलका मजदुरलाई मासिक १० हजार रुपियाँ दिने सहमति भएको छ । तर, २ सयभन्दा कम कोठासंख्या भएका पाँचतारे होटलका मजदुरले भने ९ हजार मात्रै पारिश्रमिक पाउनेछन् ।

यस्तै चारतारे डिलक्स सय कोठाभन्दा बढी भएका होटलका मजदुरले ८ हजार ४ सय ५५ रुपियाँ र सय कोठाभन्दा कम रहेका चारतारे होटलले ८ हजार रुपियाँ तलब दिने भएका छन् । तीनतारे होटलका मजदुरलाई ५ हजार र दुईतारे होटलका मजदुरलाई भने मासिक ४ हजार ३ सय रुपियाँ तलब दिने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्