नेपालमा कोरोना घटेकै हो त ?



विश्वभर महामारीका रुपमा फैलिएको कोरोना महामारीले नेपालमा पनि दशौँ हजारमा संक्रमण भएर देशलाई हायलकायल पारेको छ । सिंगो विश्व नै कोरोना महामारीसँग आजित भएर घुँडा टेक्न बाध्य छ ।
विश्वभर लाखौँ मानिसको मृत्यु भएको छ भने झन्डै करोडको हाराहारीमा कोरोना संक्रमित भएका छन् । विश्वका महान् देशहरु पनि कोरोना महामारीका अघि निरीह देखिएका छन् । यस्तैमा नेपालजस्तो अल्पविकसित देश झन् पीडित भएको छ । रेमिट्यान्सले धानेको अर्थतन्त्र धराशायी बनेको छ । जनता रोगभन्दा भोकले मर्ने अवस्था सिर्जना भएको छ ।
यद्यपि पछल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ह्वात्तै घटेको देखिएको छ । यसको पछाडिको रहस्य सरकारले परीक्षाको दायरा बढाउनु त होइन ? भन्ने कतिपयले आशंका गरे पनि यसरी संक्रमितको संख्यामा कमी आउनु भनेको हाम्रो लागि खुशीको कुरा हो ।
हुन त अन्य देशजस्तो महामारीको भयानक अवस्था नेपालमा भोग्नुपरेको छैन । यसरी हामी नेपाली सचेत बनेर कोरोनाविरुद्ध लडी यसलाई पराजित गर्दै हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ ।
– स्वरुप सिग्देल, जोरपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्