म्यानचेस्टर युनाइटेडले अंक बाँड्यो



 

लन्डन, । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग बराबरी खेल्दै म्यानचेस्टर युनाइटेडले अंक बाँडेको छ ।

अंक तालिकाको चौथो स्थानमा उक्लने मौका रहेकोमा साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेपछि युनाइटेड पाँचौं स्थानमा यथावत पनि रहन पुग्यो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा पाहुना टोली साउथह्याम्पटनले खेलको १२ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । युनाइटेडका लागि स्टुआर्ट आर्मस्टोङले गोल गरेका थिए । यता, घरेलु टोलीका रासफोर्डले २० औं मिनेटमा गोल गरेपछि युनाइटेडले खेल बराबरीमा ल्याएका थिए ।

खेलको २३ औं मिनेटमा एन्टोनियो मार्सिएलले गोल गरेपछि युनाइटेड २–१ को अग्रता लिन सफल पनि भयो । पहिलो हाफमा सोही नतिजा आत्मसात गरेको युनाईटेडले दोस्रो हाफको अतिरिक्त समयमा आफूलाई सम्हाल्न नसक्दा बराबरी गोल बेहोर्न पुग्यो । खेलको इन्ज्युरी समयको छैटौं मिनेटमा मिचेल ओवाफेमीले साउथह्याम्प्टनका लागि गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्