यी हुन् कोरोना महामारीबाट कसैको मृत्यु नभएका एसियाली देशहरु



न्युज अफ नेपाल, काठमाडौँ ।

विशवभर फैलिएको कोरोना महामारीका कारण लाखौँ मानिसको मृत्यु भइरहेको छ । एसियाली मुलुकहरुमा सबै भन्दा प्रभावीत मुलुक हो भारत । जहाँ हालसम्म २३ हजार ७२७ जनाको मृत्यु भइसकेको छ भने नौ लाख ७ हजार ६४५ संक्रमित फेला परेका छन् ।

कोरोना महामारी सुरु भएको आहंका गरिएको चीनमा भने हालसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ । यस्तै, नेपाल एसियामा बढी प्रभावित हुने मुलुकमा २३औं स्थानमा छ । हालसम्म नेपालमा १६ हजार ४५ जना संक्रमित भेटिएका छन् भने ३८ जनाको मृत्यु भएको छ । अहिलेसम्म एसियाका ४९ देशमा ७१ हजार बढीको मृत्यु भइसकेको छ ।

तर, एसियामा यस्ता देश पनि छन् जहाँ कोरोना संक्रमणका काराण अहिलेसम्म कसैको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म कसैको मृत्यु नभएका सात मुलुकहरु हुन् भियतनाम, मंगोलिया, कम्बोडिया, भुटान, मकाउ, लाओस् र टिमोर लिस्टे । यी सात मुलुकमा कुनै नागरिकले ज्यान गुमाउनु परेको छैन ।

प्रतिक्रिया दिनुहोस्