अभिनेत्री सारा अली खानका ड्राईभरलाई कोरोना संक्रमण



एजेन्सी ।

बलिउड अभिनेत्री सारा अली खानका ड्राईभरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ड्राईभरमा कोरोना पुष्टि भएसँगै सारा अली खानलागएत उनका परिवार सदस्यको कोेरोना परीक्षण भएको थियो । जसको रिपोर्ट नगेटिभ आएको साराले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । कोरोना संक्रमित ड्राईभरलाई क्वारेन्टाइनमा पठाइएको छ ।

यसअघि बलिउडका बिगबोस अमिताभ बच्चनका सम्पूर्ण परिवार सदस्य, रेखाका सेक्युरिटी गार्ड र अनुपम खेरका भाइको परिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्