दक्षिणी चीन सागरमा फेरि तनाव बढ्यो, चीनलाई कारवाही गर्ने अमेरिकी चेतावनी



न्युर्योक । अमेरिकी बिदेशशमन्त्री माईक पोम्पियोले दक्षिण चीन सागर आफ्नो भएको दावी गर्ने चीनको कदम गैर कानुनी भएको बताएका छन ।
बिदेशमन्त्री पोम्पियोले बिवादित उक्त जलक्षेत्रलाई चीनले नियन्त्रण गर्न चालेको कदम गलत भएको बताउदै अमेरिकले दक्षिण चीन सागरको बिषयमा चीनलाई कडा सबक सिकाउने चेतावनी समेत दिएका छन ।
मानव निर्मित उक्त जलक्षेत्रको टापुमा चीनले आफ्नो सैन्य अखडा तैनाथ गरेको छ । उक्त दीपलाई फिलिपिन्स, ताइवान, व्रुनाई, मलेसिया र भियतनामले आफ्नो भएको दावी गर्दै आएको छ । तर चीनले भने उक्त दीप आफ्नो भएको भन्दै सैन्य अखडा खडा गरेको छ ।
उक्त दीपको बिषयलाई लिएर पटक पटक बिवाद हुदै आएको भन्दै अमेरिकाले दक्षिण चीन सागर नजिकै आफ्नो युद्धपोतहरु पठाएको छ । अहिले सो क्षेत्रमा तनाव तीव्र रुपमा बढेको छ । नाईन डेस लाईन इलाकाले चिनिएको इलाकामा चीनले आफ्नो भएको दावी गरेपछि अमेरिकी बिदेशमन्त्रीले चीनलाई कडा चेतावनी दिएको हो ।
दक्षिणी जलक्षेत्रमा चीनको साम्राज्यलाई तोड्न अमेरिका जस्तो सुकै कदम चाल्नसक्ने चेतावनी बिदेश मन्त्री पोम्पियोले दिएका छन । चीनले उक्त क्षेत्रमा देखाएको दादागिरीको अमेरिकाले जवाफ दिने पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्