सामाजिक सञ्जालमा देखिएको विरोध छक्कापञ्जा ब्रान्डप्रतिकोे प्रहार हो : दिपकराज गिरीे



न्युज अफ नेपाल, काठमाडौँ ।

केही हप्ता अघि महानायक राजेश हमालबारे विवादपूर्ण अभिव्यक्ति दिएपछि हास्यकलाकार दिपाश्री निरौलाको चर्कौ आलोचना भएको छ ।

कतिपय कलाकारले समेत उनको यस अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् भने कतिपयले समर्थन गरेका छन् । उनको समर्थनमा रेहका सहकर्र्मी दिपकराज गिरीेले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै यस विरोधलाई छक्का पञ्जा ब्रान्डप्रतिको प्रहार भएको बताएका छन् ।

‘यो छक्कापञ्जा ब्रान्डप्रतिकोे प्रहार हो, ‘उनले भने ‘एउटा ठूलो ब्रान्डले राजेश हमाल ब्राण्डप्रति महानायक हो की होइन भन्ने बारे औँला उठायो, त्यो गलत हो । ‘

 

प्रतिक्रिया दिनुहोस्