नेपाली लायन्सद्वारा भाईरस ट्रान्सपोर्ट मेडियम(भिटिएम) हस्तान्तरण



न्युज अफ नेपाल, काठमाड़ौँ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा दिनप्रतिदिन बढिरहेको समयमा नेपाली लायन्सहरुको तर्फबाट नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

लायन्स क्लब अन्तरराष्ट्रिय मल्टिपल डिष्ट्रीक़्ट ३२५ नेपाल अन्तर्गतका चारवटै डिष्ट्रिक्टका तर्फ़बाट कोरोना भाइरस रोकथाम तथा नियंत्रणका लागि नेपाल सरकारलाई भाइरस ट्रान्सपोर्ट मेडियम (भिटिएम) हस्तान्तरण गरिएको छ ।

४८ लाख ६० हजार रुपैयाँ बरावरको २९ हजार ६ सय पिस भिटिएम किटको लिस्ट सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५ बि १ नेपालका निबर्तमान गभर्नर इन्दु लम्सालले जानकारी दिनुभयो ।देशका २६ वटा अस्पतालले प्राप्त गर्ने गरी लिस्ट हतान्तरण गरिएको हो ।

केहि समय अगाडि ५७ लाख ६०हजार रुपैयाँ बराबरको पिपिई, मास्क, ग्लोब लगायतका स्वास्थ्य सामग्री सरकारलाई नेपालका लायन्स डिष्ट्रिक्टहरुको तर्फबाट प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्