उपत्यकामा सञ्चालन भयो मयूर यातायात



काठमाडौँ । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरे पनि मयूर यातायात प्रालिले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन बसबाट सेवा शुरु गरिएको प्रालिले जनाएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले बताउनुभयो । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उहाँका अनुसार प्रालीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ ।

उहाँले भन्नुभयो, “मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।” बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रालीले पनि समर्थन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्