गल्याङ नगरपालिकाका सूचना अधिकारीले सूचना नदिएपछि सूचना माग गर्दै प्रमुख प्रशासकीय अधिकृत पुगे निवेदक



न्युज अफ नेपाल,स्याङ्जा ।

गल्याङ नगरपालिकाको अनियमिततावारे विभिन्न संचार माध्यममा समाचार आए लगत्तै सूचनाको माग गर्दै सूचना अधिकारीसंग पुगेका युवाले समयमै सूचना नपाएपछि सूचनाको हक प्रयोग गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेसंग सूचनाको माग गर्दै समयमै सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कारबाहीको गरेका छन् ।

गल्याङ नगरपालिका बारे विभिन्न संचारमाध्यम आएका अनियमितता सम्बन्धित समाचारका सूचना माग्दै असार ११ गते सूचना अधिकारी दशरथ उपाध्यायलाई सूचनाकोहक प्रयोगगरि सूचना मागेका थियौ सूचना अधिकारीले पन्ध्र दिन भित्रसम्म सूचना उपलब्ध गराउन नसकेपछि अठारौं दिन आइतबार प्रमुख प्रशासकीयलाई अर्को निवेदन दिएको पत्रकार भूपराज बस्यालले जानकारी दिनुभयो ।

हामी चार जना युवाको हस्ताक्षरमा सूचनामाग गरेका थियौ समयमा सूचना उपलब्ध नभएपछि हामीले प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ थियो । हाम्रो निवेदन बुझ्दै प्रमुख प्रशासकीयले सात दिन भित्र सूचना उपलब्ध गराउने जानकारी दिएको पनि उहाँले बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगलाई वोधार्थ गरिएको सूचनामा पत्रकार भूपराज बस्याल , खगेन्द्र भण्डारी , ऋषि बस्याल र प्रकाश भुसालले सयुक्त रुपमा हस्ताक्षर गरि प्रमुुख प्रशासकिय अधिकृतलाई सम्बोधन गर्दै समयमै सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै समयमै सूचना उपलब्ध गराउन माग गरिएको छ ।

सूचना आर्थिक वर्ष २०७६/०७७ को माघ,फागुन, चैत्र र वैशाख महिनामा यस कार्यालयवाट भुक्तानी गरिएका रकमको विवरण, पुँजीगत र चालु दुवै खाताको कसलाई कति रकम भुक्तानी गरियो (कुन शिर्षकको प्रयोजन वा कामलाई भुक्तानी गरिएको) प्रत्येक निकाशाको विवरण खुल्ने स्पष्ट विवरणहरु माग गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा यो निवेदन पेश भएको दिन सम्मका कार्यपालिका तथा वोर्ड वैठकका प्रमाणित प्रतिलिपि भनिएको छ ।

यस नगरपालिका कार्यालयले भाडामा सन्चालन गरेको लु १ च ९६७७ नंवरको जीप भाडामा सन्चालन गर्न गरेको निर्णय, गाडी मालिक संगको सम्झौता, र हालसम्म भुत्तानी गरिएको रकमको प्रमाणित विवरण माग गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कोरोना संक्रमणको खतरालाई रोक्न सरकारले गरेको लक डाउनमा प्रभावितलाई वितरण गर्न खरिद गरेको राहत सामाग्री के कति परिमाणमा खरिद गरिएको हो यसको खरिद प्रकृयामा र भुक्तानी प्रकृयाको प्रमाणित प्रतिलिपि ।

आर्थिक वर्ष २०७५/०७६ मा नगरलाई मसला जोन बनाउने नारा लिएर मसलावाली अन्तर्गत अदुवा सम्वन्धी अदुवा खरिद प्रकृयामा गरिएको मूल्य निर्धारण, टेण्डर प्रकृया, विल भुक्तानी प्रकृयाको प्रमाणित प्रतिलिपि । साथै खरिद गरिएको अदुवा कहाँ वितरण गरियो अदुवा प्राप्त गर्ने कृषकको नाम र कति परिमाण अदुवा प्राप्त गरेको हो सो को सम्पूर्ण विवरण ।

आर्थिक बर्ष ०७५/७६ मा प्रधानमन्त्री आधुुनिक कृषि परियोजना कार्यक्रमको मौरी ब्लक निर्माण कार्यक्रम अन्तरगत वितरण गरिएको मौरी घारको खरिद प्रकृया देखि वितरण सम्मको विवरण । आर्थिक बर्ष ०७५/७६ मा प्रधानमन्त्री आधुुनिक कृषि परियोजना कार्यक्रम अन्तरगत किसानहरुको लागि भनि अनुुदानमा वितरण गरिएको हाते ट्याक्टरको खरिद प्रकृया देखि वितरण सम्मको विवरण । दुुधको सेतो सहर निर्माण कार्यक्रमको हासम्मको विवरण । लगायतका विवरण माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्