आज थप १४४ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ। कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्