उपचार नपाउदाँ जाजरकोटमा सुत्केरीको ज्यान गयो



बासुदेव शर्मा,जाजरकोट ।

जाजररकोटमा एक जना सुत्केरी महिलाको ज्यान गएको छ । जुनीचाँदे गाँउपालिका ३ की मान बहादुर पुरीकी श्रीमति सिह पुरीको सुत्केरी हुदाँ अध्याधिक रक्तश्राव भएपछि मृत्यु भएको छ । ३४ बर्षिय सिह पुरीलाई सुत्केरी व्यथा लागेपछि बच्चा जन्माए लगतै अत्याधिक रक्तश्राबका कारण मृत्यु भएको हो ।

पुरीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थामा लिनको लागी घरमा कोहि नभएको अवस्थामा गाँउलेलाई खवर गर्दा गर्दै उनको मृत्यु भएको छिमेकीले जनाएका छन् । बर्षातको समय भएकोले बाहिर पानी परिरहेको थियो सुत्केरी ब्यथाले च्याप्यो उहाले बच्चाको जन्म दिनु भयो तर अध्याधिक रक्तश्राव भएपछि केहिबेरमै घरमा ज्यान गएको स्थानिय ज्योतिखर शर्माले भन्नु भयो । पुरीको सुत्केरी हुदाँ अत्याधिक रक्तश्राव भएर मृत्यु भएको हो । बच्चाको अवस्था भने सामान्य रहेको बताउनु भयो ।

अहिले सम्म स्वास्थ्यकर्मीहरु घरमा पुगेका छैन्न । बच्चालाई स्वास्थ्य संस्था लैजाने तयारी नभएको जनाईएको छ । जाजरकोटका ग्रामिण भेगमा यसरी नै बर्षौ एक दर्जन भन्दा बढीले अकालमा ज्यान गुमाउनु परेको छ ।

भौगोलिक विकटता र जनचेतनाको अभावमा यस्ता घटना घटदै आएका छन् । गाउँपालिकाले यस विषयमा कुनै जानकारी नपाएको बताएको छ । घरमा मोवाईल फोन नभएको र फोन भएपनि नेतवर्क नहुने धेरै टाढा दुई घण्टा पैदल डाँडामा गएर फोन गर्नु पर्ने बाध्यताले सुत्केरीको स्याहार नभएर जाजरकोटका आमा वन्नेहरुले अकालमा ज्यान गुमाउदै आएको यस्ता घटनाले दुखी वनाउने गरेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ ।

स्थानिय सरकारले यस विषयमा तथ्याक संकलन गरि आवश्यक पहल गर्नु पर्ने हो त्यति नगरेको बताउदै गाँउमा बर्थिङ्ग सेन्टर भएको स्थानमा यस्तो घटना घट्नु दुखद भएको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्