नक्कली भारतीय नोट सहित तीन पक्राउ



झापा, । नक्कली १ लाख ४४ हजार भारतीय नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका–४ बस्ने खुर्सैद आलम, सोही नगरपालिका–३ बस्ने मौसम श्रेष्ठ र झापा गाउँपालिका–५ बस्ने एराजुल हक रहेका छन् ।
खुर्सैद आलम र श्रेष्ठ मिलेर भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मौसम श्रेष्ठलाई उनको घरमै फेला पारी तलासी गर्दा ५ सय दरका २ सय ८८ थानमा रहेका उक्त नोट फेला पारी पक्राउ गरेको हो ।
साथै उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हक समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि आलम र हकलाई समेत सुरुङ्गा बजारबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार ५ सय नेपाली रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्