तराई डुवान भारतीय हस्तक्षेपको परिणामः गृहमन्त्री थापा



न्युज अफ नेपाल, काठमाडौं ।
वर्षा सुरु भएसँगै मुलुकको तराई भाग डुवानमा पर्ने समस्या भारतीय हस्तक्षेपको परिणाम भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताउनुभयो ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्र्री थापाले सोमबार यस्तो बताउनु भएको हो ।

उहाँले बैठकमा भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताउनुभयो । भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको उहाँको भनाई छ ।

‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो । उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’ उहाँले बताउनुभयो । भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्