राष्ट्रपति भण्डारीलाई आयो पाकिस्तानी आँपको उपहार



करांची । पाकिस्तानी राष्ट्रपति डा.अरिफ अल्भीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई आँप उपहार पठाउने घोषणा गरेका छन ।

पाकिस्तानी राष्ट्रपति अल्भीले ‘व्यापार कुटनीति’अन्तर्गत नेपालसहित १७ देशका राष्ट्र प्रमुखहरूलाई पाकिस्तानमा उत्पादित उच्च गुणस्तरको आँप पठाउन लागेको स्थानीय संचार माध्यमले जनाएका छन ।

आँप पठाउन लागिएका देशमा नेपाल, कुवेत, साउदी अरब, कतार ओमन, मलेसिया, मोरक्को, सिंगापुर, स्पेन, बेलायत, इटालीसहितका केही देश रहेको सो सञ्चारमाध्यमले जनाएको छ ।

त्यहाँको संघीय उड्ययन विभागले नागरिक उड्डयन मन्त्रालयलाई लेखेको पत्रमा ती १७ देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई आँप उपहार पठाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

टर्किस, कतारी र इमिरेट्स एयरलाइन्सका साथै पाकिस्तानको राष्ट्रिय वायुसेवा (पीआईए) को उडानमाफर्फत ४ हजार ८ सय १० किलो आँप ती १७ देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई पठाइने भएको हो ।

पाकिस्तान विश्वकै छैठौं ठूलो आँप उत्पादक र पाँचौं ठूलो आँप निर्यातक मुलुक भएको दाबी गर्दै त्यहाँका बागबानी निर्यातमा सघाउ पुर्‍याउने उद्देश्यले आँप उपहार दिन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्