वन्यजन्तुले बालीमा क्षति पुर्याएका किसानलाई राहत वितरण



सरस्वती न्याैपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यलय अर्न्तरगत राम्चे मध्यवर्ति उपभोक्ता समितिले आईतबार राहत वितरण गरेको छ । कालिका गाउँपालिका वडा नं १ राम्चेका कृषकहरुको धान, मकै, कोदो, आलु, पिडालु बालिमा जंगलि वन्यजन्तु बंदेल लगायतले धेरै क्षति पुर्याएकोले सो राहत वितरण गरीएको बताएका छन् ।

बालि क्षति राहत पाउने कृषकहरुमा कालिका गाउँपालिका वडा नम्बर एकको काले तामाङ लोप्चन -१० रू हजार, दावा कार्चुङ तामाङ – रू ४ हजार ५ सय, धर्म बहादुर घले – रू १० हजार, उर्पा तामाङ  -रू ७ हजार ५ सय, वाङ्दे तामाङ लोप्चन -रू ४ हजार ५ सय, खामसुङ स्याङबा -रू ७ हजार ५ सय, मंगले तामाङ -रू ३ हजार, क्राउर तामाङ लोप्चन -रू ९ हजार, फुर्पा लामु तामाङ -रू ३ हजार, कामि तामाङ लोप्चन -रू ४ हजार ५ सय, सुब्बा तामाङ लोप्चन -रू ७ हजार ५ सय, निम बहादुर तितुङ -रू १० हजार, पासाङ छिरिङ तामाङ -रू ४ हजार ५ सय र कामि सार्कि लोप्चनलाई -रू ९ हजार वितरण गरीएको छ ।

त्यसैगरी उत्तरगया गाउँपालिकाको वडा नम्बर ४ का कृषक बालकृष्ण बुलुन तामाङ -रू ९ हजार, कृष्ण प्रसाद आचार्य -रू ७ हजार ५ सय, चन्द्र बहादुर बुलुन तामाङ -रू ९ हजार, हिरा बहादुर बुलुन -रू ९ हजार, हरीसरण घिमिरे -रू ७ हजार ५ सय, शिव कुमारी घिमिरे -रू ४ हजार ५ सय र धुर्ब प्रसाद आचार्यलाई -रू ७ हजार ५ सय गरी जम्मा कुल १ लाख ४८ हजार ५ सय रकम वितरण गरीएको छ ।

कृषि पेशा गरी जिविको पार्जन गर्ने सोचमा बालि लगाउदा वन्यजन्तु बंदेल लगाएत अन्य वन्यजन्तुले पनि क्षति गरेकोले बाँदर, दुम्सी, भालुले गरेको क्षतिको पनि राहत वितरण हुनु पर्ने कृषक निम बहादुर तितुङले बताएका थिए । वन्यजन्तुले खेतबारी, घरको अन्न वालि नोक्सान गरेको छ भने नेपाल सरकारले दिएको मध्यवर्ति कोषबाट यसरी वितरण गर्दै आइरहेको छ ।

यसको मुख्य उदेश्य स्थानिय जनतामा वन्यजन्तु प्रति नकारात्मक भावना नआओस । मानव र वन्यजन्तु बिच सहअस्थित्व कायम होस र कृषकलाई क्षतिपुर्ति भन्दानि लागेको घाउमा मलम होस भन्ने उदेश्यले यो रकम वितरण गरेको प्रमुख संरक्षण अधिकृत सुष्मा राणाले जानकारी दिए । त्यसैगरी राष्ट्रिय निकुञ्ज विभागका उपसचिव विमलराज आचार्यले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र राम्चे मध्यवर्ति उपभोक्ता समितिले कृषकको कति क्षेत्रफलमा जंगलि जनावरले क्षति गरेको छ सोहिअनुसार राहत रकम दिएको राम्चे मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष निर्मला तामाङले बताउनुभयो । जंगलि वन्यजन्तुले बालिमा पुर्याएको क्षतिपुर्ति दिएको यो तेस्रो पटक भएको राम्चे मध्यवर्ति उपभोक्ता समितिका सचिव दावा फुर्पा तामाङले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभागका उपसचिव विमलराज आचार्य, सहायक व्यवस्थापन अधिकृत सुरेन्द्र अर्याल, प्रमुख संरक्षण अधिकृत सुस्मा राणा, राम्चे मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष निर्मला तामाङ , राम्चे मध्यवर्ति उपभोक्ता समितिका सचिव दावा फुर्पा तामाङ रेन्जर पोष्टका अमृता पुडासैनि लगाएत अन्य कर्मचारी, कृषक र पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्