निर्माण सम्पन्न गरेकै दिन भत्कियाे २५ लाख लगानीकाे हरितपार्क



न्युज अफ नेपाल, बैतडी ।

वतावरण विभाग बबरमहल काठमाण्डौँ र बैतडीको शिवनाथ गाउँपालिकाको संयुक्त लगानीमा शिवनाथ-१ मा निर्माण गरिएको भुमिराज हरितपार्क निर्माण सम्पन्न गरेकै दिन पार्कको ग्याभिङजाली लगाएको पर्खाल भत्किएको छ ।

प्राविधिकले दिएको इष्टमेट भन्दा पनि उपभोक्ता समितिले आफ्नै तरिकाले निर्माण गरेको पार्कको ग्याभिङजालीको पर्खाल भत्किएको शिवनाथ गाउँपालिकाका इन्जिनियर कमल ओझाले बताए ।

‘पर्खाल बेस कम हालेर उचाई बढाएको थियो दुईदिन सम्म निरन्तर आएको पानीले भत्कियो’ उनले भने । लकडाउनमा प्राविधिक घर गएको समयमा उपभोक्ता समितिले आफ्नै तरिकाले ग्याभिङजालीको प्रखाल निर्माण गरेका थिए ।

अनुगमन समितिले पनि काम गरे अनुसारको मूल्यांकन गरेर भुक्तानी दिनु भत्किए निर्माण गरिहाल्छन् भनेकाले मूल्याङ्कन गरी भुक्तानीको लागि फाईल अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्ब दयालले बताए ।

‘प्राविधिकले पानी परेपछि भत्कीन्छ यसको वेस मिलेको छैन भन्दाभन्दै पनि उपभोक्ताले निर्माण गरेको हो’ उनले भने । भुक्तानीको लागि मूल्याङ्कन गरि फाईल काठमाण्डौँ पठाएकै दिन पानी परेपछि हरितपार्कको ग्याविङजाली लगाएको प्रखाल भत्किएको हो ।

भुक्तानीको लागि फाईल वतावरण विभागमा पठाउँदा फाईल आधा बाटोमै हुँदा पार्क भत्किएकाले फाइललाई आधा बाटो बाटोमै रोकेकोे गाउँपालिकाले बताएको छ ।

वातावरण विभागले २० लाख र गाउँपालिकाले ४ लाख गरि २४ लाख बजेट विनियोजन गरेको भएपनि प्राविधिकको अन्तिम मूल्याङ्कनले १७ लाखको मात्र काम भएको देखाएको थियो । सोही अनुसार भुक्तानीको लागि फाईल पठाएको गाउँपालिकाको प्राविधिक शाखाले वताएको छ ।

पार्क निर्माणमा उपभोक्ता समितिले सिडी निर्माण, कम्पाउन्ड प्रखाल, ग्याभिङजाली सहितको प्रखाल, डाडोँलाई काटेर फिल्ड निर्माण र विरुवा रोप्ने काम गर्नु पर्ने थियो । जो उपभोक्ता समितिले सबै काम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्