कोरोना खोप मानव परीक्षणको तयारीमा अष्ट्रेलिया



क्विन्सल्यान्ड (एजेन्सी)
कोरोना भाइरसको उपचारमा अष्ट्रेलिया पनि आफनो प्रयासमा सफल भइरहेको संकेत दिएको छ । अष्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यानडमा तयार भइरहेको कोविड १९ खोप अब मानवमा परीक्षणका लागि तयार छ । यसले विश्वमा अहिलेसम्म साढे ५ लाखको ज्यान लिइसकेको यस महामारीलाई रोक्ने सकिने अपेक्षा जागेको छ ।
नयाँ विधि मलेक्युलर क्ल्याम्पमा आधारित खोप नमुना सोमबार देखि मानवमा परीक्षण गर्ने ब्रिसबेनबाट प्रकासित हुने सन्डे मेलले जानकारी दिएको हो । त्यसैगरी प्रिमियर अन्नस्टेसिया पलासुकले क्विन्सल्यान्ड युनिभर्सिटीको प्रसंसा गर्दै त्यहाँका वैज्ञानिकहरुको काम प्ररणादायी भएको बताएको छ । सोमबार युनिभर्सिटीले यस विषयम थप जानकारी बाहिर ल्याउने अपेक्षा गरेको छ ।
नेसनल सेन्टर फर इम्युनाइजेसन रिसर्च एन्ड सर्भिलेन्समा क्लिनिकल रिसर्चका प्रमुख प्रोफेसर रोबर्ड बुयीले जनावरमाथिको परीक्षणका सबै मानक पार गरिसकेको र त्यसपछि मात्र मानवमा परीक्षण गर्न गइरहेको जानकारी दिए । बिना सुरक्षा ग्यारेन्टी अगाडी बढ्ने कुरा हुन नसक्ने र यस विषयमा वैज्ञानिकहरुलाई पर्याप्त आत्म विश्वास रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्