अमेरिकी राष्ट्रपति चुनावमा चीन विरुद्धको राष्ट्रवाद प्रमुख मुद्दा



वासिंगटन (एजेन्सी)
अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावमा चीन एक ठुलो चुनावी मुद्दा बनिरहेको छ । कुनै पनि देशमा सत्ताका लागि हुने चुनावमा प्रतिद्वन्द्वि वा छिमेकी देश विरुद्धको राष्ट्रवादको मुद्दा उछालिनु आम हो । तर विश्वकै सक्तिशाली देश अमेरिकामा यसरी कुनै देश विरुद्धको राष्ट्रवाद चुनावी मुद्दा हुनुले विश्वमा अमेरिका र चीन बनाएको आआफ्नो स्थानलाई इगित गरेको राजनितिक विश्लेषकहरुले बताएका छन् ।
आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवार जोय बाइडेन चीन विरुद्ध टिक्काटिप्पणीमा एक अर्कालाई उछिन्ने होडमा लागेका छन् । दुबैले चीन सम्बन्धित मुद्दामा आफुले राम्रो र सावधानी पुर्वक सम्हाल्न सकिन्छ भन्ने अभिब्यक्ती दिइरहेका छन् ।
ट्रम्पको चुनाव अभियान प्रवन्धकले यसतै आसयको विज्ञापन निकालेका छन् , जसमा बाइडेन चिनिया राष्ट्रपति सी जिनपिंगको चाकडीमा लागिरहेको देखाइएको छ । अर्को तर्फ बाइडेनको चुनावी अभियानले ट्रम्प कोरोना भाइरसलाई हल्का रुपमा लिँदै महामारीका बारेमा पारदर्शी रहनु पर्ने विषयमा जिनपिंगको सराहना गरिरहेको देखाइएको छ ।
चुनावमा चीन तेस्रो ठुलो मुद्दा बनेको छ । विज्ञापनको समीक्षा गर्ने रिपब्लिकन पोल्स्टर फ्रयांकले दुई बीच कडा प्रतिस्पर्धा हुन्छ भन्ने आफुलाई लागेको तर यसबाट कसलाई बढी फाइदा हुन्छ, थाहा नभएको बताए । राष्ट्रपति चुनावमा अर्थब्यवस्था र कोरोना भाइरससँग लड्ने कदमसँगै चीन तेस्रो ठुलो चुनावी मुद्दा भएको उनले बताए ।
चीनको अनुचित ब्यापार ब्यवहार, बढ्दो विश्वब्यापी असन्तुष्टी र मानव अधिकारको उलंघन विरुद्ध ट्रम्प अथवा बाइडेन मध्य कसले अमेरिकालाई ससक्त रुपमा प्रस्तुत गर्न सक्ला भन्ने प्रश्न मतदाताहरुबीच चर्चाको विषय हुने उनले बताए । जुन नेता चिनियाँ नेताहरुको अधिनमा देखिन्छ, चुनावमा उसलाई नै सबैभन्दा धेरै नोक्सान हुनेछ ।
अमेरिकी चुनाव साम्यवादी चीनलाई लिएर डेमोक्र्याट भन्दा रिपब्लिकन उदार मानिन्छ । त्यसैले पनि विगतका अमेरिकी चुनावमा चीनको झुकाव डेमोक्र्याट भन्दा रिपब्लिकन उम्मेदवार प्रति नै बढी देखिने गरिन्थ्यो । तर बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन विरुद्ध ब्यापार युद्ध तथा पहिला अमेरिका लगायत अन्य आक्रामक नितिले चुनावी मुद्दा जानीनजानी चीन विरुद्धको राष्ट्रवाद तर्फ ढकेलिएको छ । यद्यपी चीन यसअघिको भन्दा अमेरिकाका लागि सबै क्षेत्रमा चुनौती बनिसकेको तथ्य पनि सत्य हो ।
अमेरिकामा कोरोना भाइरस फैलिएपछि गरिएको एक सर्वेक्षणमा अमेरिकी नागरिकमा चीन विरुद्ध नकारात्मक धारणा बढेको देखिएको थियो । उक्त सर्वेक्षणले ६६ प्रतिशत नागरिकले चीन विरुद्ध प्रतिक्रिया दिएका थिए । सन् २००५ पछि यो चीन विरुद्ध अमेरिकी जनतामा देखिएको सबैभन्दा खराब प्रतिक्रिया मानिएको छ । यस परिस्थितिमा चुनावमा सम्भावित उम्मेदवार चीन विरुद्ध एक अर्को भन्दा राम्रो विकल्प प्रमाणित गर्न प्रयासरत छन् ।

प्रतिक्रिया दिनुहोस्