आमाबाबुको स्मृतिमा पर्वत अस्पतालको अक्षयकोषमा एक लाख सहयोग



न्युज अफ नेपाल, पर्वत ।

आफ्ना दिवंगत आमाबाबुको स्मृतिमा पर्वतको आर्थर घर भै बेलायत र हङकङमा बसोबास गर्दै आएका दुई परिवारले पर्वत जिल्ला अस्पतालमा स्थापना गरिएको अक्षयकोषमा १ लाख रुपैया आर्थिक सहयोग गरेका छन ।

कुश्मा नगरपालिका वार्ड नं १४ घर भै हाल हङकङ बस्दै आउनुभएका रक्षा गुरुङ र लक्ष्मी गुरुङ तथा बेलायत बस्दै आउनु भएकी उहाँकी बहिनी चिजकुमारी गुरुङ र ज्वाई चीनबहादुर गुरुङले दिवंगद बाबा पूर्णबहादुर गुरुङ तथा आमा सन्तकुमारी गुरुङको स्मृतिमा एक लाख सहयोग गर्नुभएको हो ।

पर्वत अस्पतालले स्थापना गरेको गरिव असहाय लक्षित विपद कोषमा जम्मा गर्ने गरि परिवारको तर्फबाट सहयोगदाताका भाई तथा कुस्मा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष भीमप्रसाद गुरुङले अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीलाई रकम हस्तान्तरण गर्नुभयो । बाबा आमाको स्मृतिमा गरिब र बिपन्न परिवारले उपचारका लागि सहयोग पुगोस भनेर दाई भाउजु तथा बहिनी ज्वाईले सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैगरी रक्षा गुरुङ तथा लक्ष्मी गुरुङ र चीनबहादुर तथा चीजकुमारी गुरुङको परिवारको तर्फबाट कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा अति बिपन्न परिवारलाई एक लाख बराबरको राहत बितरण गरिने भएको छ । आर्थर भित्रका बिपन्न परिवारको पहिचान गरि राहात बितरण गरिने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

अस्पतालमा स्थापना भएको कोषमा संकलन हुने कुल रकमलाई लामो अवधिको मुद्धति खातामा राखेर व्याजबाट सहयोग गर्ने गरि यो पूँजीलाई दिर्घकालिन बनाउने योजना बनाएको अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । अहिले सम्म करिब १२ लाख रुपैया सहयोग संकलन भएको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । यसैगरी अस्पतालको बिपद् कोषमा कुस्माका युवा ब्यबसायी बिष्णु आचार्य र अनिल सुबेदीले पनि १९ हजार रुपैया सहयोग गर्नुभएको छ । अस्पतालको कोषमा देश बिदेशमा रहेका शुभेच्छुकहरुले सहयोग गर्ने क्रम जारी रहेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्