जाजरकोट पहिरो : थप दुईको शव भेटियो, मृतकको संख्या ११ पुग्यो



बासुदेव शर्मा, जाजरकोट ।  

बारेकोट गाउँपालिका ४ सार्कीटोलमा विहिवार राति गएको पहिरोमा परि वेपत्ता थप दुई जनाको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएकी मृतक गोपाल सार्कीकी १३ बर्षिय छोरी लक्ष्मी सार्कीको शव भेटिएसगै मृतकको संख्या ११ पुगेको छ । पहिरोले दुई घर वगाउदाँ १२ जना बेपत्ता भएका थिए । पहिरोमा परि बेप त्ता ११ बर्षिय कमला सार्कीको शव आईतवार उद्धार टोलीले भेटाएको हो । कमला सार्की घटनामा परि मृत्यु भएकी कले सार्कीकी छोरी हुन ।

पहिरोमा परि ३८ बर्षिय कलु सार्की उनकी १३ बर्षिय छोरी तिर्सा सार्की र ६ बर्षिय छोरा सुभाष सार्कीको मृत्यु भएको छ । पाहुन आएका कुशे ९ चौराटाका १४ बर्षिय गौरी सार्की १६ बर्षिय कविता सार्की २० बर्षिय डिल्ली सार्की र १९ बर्षिय विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख किशोर कुमार श्रेष्ठले वताउनु भयो । उनीहरु दिदिको घरमा पाहुन आएका थिए । पहिरोमा परि ५२ बर्षिय गोपाल सार्की ११ बर्षिय छोरा अर्जुन सार्कीको मृत्यु भएको छ ।

गोपाल सार्कीकी श्रीमति ५० बर्षिय पुष्पा सार्की बेपत्ता छन् । बारेकोट ६ धुमाका २० बर्षि शान्त वहादुर चलाउने १० बर्षिय प्रचण्ड चलाउने धुमाखोलाले वगाउदाँ बेपत्ता छन् । जुनीचाँदे ११ का डिल्ली बहादुर चनारा भिरबाट लडेर सानाखोलामा बेपत्ता छन् ।

आईतवार दिउसो बन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेत, कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द् बहादुर शाही, साँसद सत्या पहाडी, साँसद भैरवसुन्दर श्रेष्ठ, माया प्रसाद शर्मा त्रिपाल खाद्यन्न लगाएतका राहत सामाग्री लिएर आईतवार दिउसो हेलिकोप्टरबाट पहिरो प्रभावित क्षेत्र पुग्नु भएको थियो । खराव मौसम भएकोले हेलिकोप्टर बस्ने भनेर तय गरिएको स्थानमा वस्ना नसकेको प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिहले वताउनु भयो ।

गोठगाँउ, सिनाकोट, लिम्सा र जिरीमा बस्ने भनेको हेलिकोप्टर बस्ना नसकेकाले लिम्सा खोला किनार र ठाकुर जिरी बसेर राहत सामाग्री छोडेको वताउनु भयो । राहत सामाग्री विस्थापित सम्म लिन पैदल चार, पाँच घण्टा लाग्छ भन्नु भयो । खोलानाला बढेकाले बाटोघाटो छैन राहत सामाग्री कसरी पिडित सम्म पुरयाउने हो समस्या भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्