बढेको बजारमा अर्ब बढीको कारोबार



काठमाडौं, (नेस)

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब रुपियाँभन्दा बढीको कारोबार हुँदै परिसूचक ९ दशमलव शून्य १ अंकले वृद्धि भएको छ । यस दिन नेप्से १ हजार ३ सय ४० दशमलव २९ अंकमा पुगेको छ ।

१ सय ७९ कम्पनीको २६ लाख कित्ताभन्दा बढी शेयर १ अर्ब ११ करोड १० लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार भएका १२ मध्ये ७ समँहमात्रै बढेका छन् । आइतबार व्यापार समूह १ दशमलव शून्य ६, वित्त समूह ६ दशमलव ५४, निर्जीवन बीमा समूह ८० दशमलव ५४, उत्पादन समूह १७ दशमलव ३५, अन्य समूह ७ दशमलव ७८, लघुवित्त समूह ८२ दशमलव ६४ र जीवन बीमा समूह १९७ दशमलव २४ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ समूह १ दशमलव १४, होटल समूह ५३ दशमलव २२, विकास बैंक समूह ४ दशमलव शून्य १, जलविद्युत् समूह शून्य दशमलव ३८ र सामूहिक लगानी कोषमा ९ दशमलव ९१ अंकले गिरावट आएको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।

सो कम्पनीको १६ करोड ५ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३४ लाख रुपियाँको शेयर कारोबार हुँदा एनआईसी एसिया बैंकको ४ करोड ४८ लाख, ग्लोबल आइएमई बैंक ४ करोड ४४ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

समग्र परिसूचक बढेको दिन तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । तर, सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरधनीले ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

यस्तै स्वरोजगार लघुवित्त विकास बैंकको ९ दशमलव ९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ९४, मिथिला लघुवित्त वित्तीय संस्था ९ दशमलव ९३ र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्