१९३ देशको मुद्रा संग्रह गरी विश्व रेकर्ड



नेपाल समाचारपत्र, काठमाडौं

संयुक्त राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशको मुद्रा संकलन गरेर काठमाडौंका दीपेन्द्ररत्न शाक्यले वल्र्ड रेकर्ड सर्टिफिकेसन (डब्ल्यूआरसीए) मा नाम लेखाएका छन् । उहाँले करिब सय वर्ष अघिदेखिको बैंक नोट तथा सिक्का संकलन गर्नुभएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुनले गत बुधबार वल्र्ड रेकर्ड सर्टिफिकेसन लिमिटेड लन्डनद्वारा जारी गरेकोे प्रमाणपत्र मन्त्रालयको कार्यालयमा शाक्यलाई हस्तान्तरण गर्दै विश्व कीर्तिमान स्थापित गरेर नेपालको गौरव बढाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

शाक्यले गत अप्रिल २०१९ मा नेपाल न्युमिस्मेटिक सोसाइटीले आयोजना गरेको नुमिस्मेटिक प्रदर्शनीमा आफूले संग्रह गरेकोे विश्वव्यापी नोट पैसा र सिक्का पैसाहरू प्रदर्शन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्