एसईईपछिको अध्ययनमा विषय छनोट



 विज्ञान:

डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा कसलाई हुँदैन र ? विज्ञान विषय पढेर भविष्यमा होनहार व्यक्ति बन्छु भन्ने विद्यार्थीले विज्ञान विषय पढ्ने गरेका छन् । विज्ञानको अध्ययनले चारैतिरको अवसर पाइन्छ । कृषि, वन विज्ञानजस्ता विषय पढ्न चाहने विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय नै पढ्नुपर्छ । स्वदेशमा भन्दा विदेशमा बढी सम्भावना भएकै कारण विद्यार्थीहरू डाक्टर, इन्जिनियर, पाइलट बन्ने लोभमा विज्ञान विषय पढ्न चाहन्छन् । विज्ञान विषय पढ््ने विद्यार्थीले सजिलै रोजगारको अवसर पाउने भएकोले पछिल्लो समयमा सो विषयप्रति आकर्षण बढ्न थालेको छ ।

व्यवस्थापन:

हरेक तहमा उचित व्यवस्थापन अभावमा कतिपय काम लथालिंग भएका हुन्छन् । व्यवस्थापकीय कमजोरीको कारणले गर्दा उद्योगधन्दा धराशायी बन्दै गएका छन् । व्यवस्थापन विषयको अध्ययनविना कुशल व्यवस्थापक हुन सम्भव छैन । त्यसैले त अहिले व्यवस्थापन पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको छ । परिषद्ले सञ्चालन गरेको विषयमध्ये शिक्षापछि सबैभन्दा बढी विद्यार्थीको चाप व्यवस्थापन संकायमा हुन थालेको छ । र, एसईईपछि अधिकांश विद्यार्थी व्यवस्थापन विषय पढ्न रुचि राख्छन् । बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने आशमा विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन् । सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रण भएकै कारण अधिकांश उमावि र कलेजले व्यवस्थापन विषय अध्ययन गराउने गरेका छन् ।

मानविकी:

मानविकी संकाय तुलनात्मकरूपमा व्यावहारिक र ज्ञानवद्र्धक हुन्छ । दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्यजस्ता दर्जनौं विषयको अध्ययन गर्न सकिने मानविकीमा झन्डै चार दर्जन विषय रहेका छन् । गृहविज्ञान, समाजशास्त्र, आमसञ्चार, इतिहास, धर्म–संस्कृति, भूगोल, वातावरणलगायत विषय समावेश गरिएको छ ।

शिक्षा:

विशेष गरी शिक्षण पेसासँग सम्बन्धित शिक्षाअन्तर्गत इच्छाधिन र अनिवार्य गरी १ हजार पूर्णांक परीक्षा दिनुपर्छ । इच्छाधिन ४५ वटा विषयमध्ये ७ र अंग्रेजी, नेपाली इच्छाधिनमध्ये एक विषय छनोट गर्नुपर्छ । विज्ञान तहमा पढ्ने विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी र म्याथम्याटिक्स विषय अनिवार्य पढ्नै पर्छ । विशेषतः प्राविधिक र प्रयोगात्मक विषय भएकोले नै विज्ञान तहमा पढ्ने विद्यार्थीले स्वदेश र विदेशमा राम्रो अवसर पाउँछन् ।

छनौट गर्ने समूह र विषय
कक्षा ११ मा अध्ययन गर्नेहरूले समूह ‘क’ देखि ‘च’ सम्मका ६ वटा ऐच्छिक समूहमध्ये कुनै तीन समूहबाट एक–एक विषय गरी तीन विषय छनोट गर्नुपर्नेछ । तर भौतिकशास्त्र, रसायनशास्त्रसहित जीवविज्ञान र गणित अथवा कम्प्युटर विज्ञान र गणित अथवा कृषि र जीवविज्ञान विषय छनोट गर्ने विद्यार्थीले मात्र चार समूहबाट एक–एक विषय लिनुपर्ने हुन्छ ।

समूह (क):

भौतिकशास्त्र, शिक्षा परिचय, इन्स्ट्रक्सनल पेडागोजी, राजनीतिशास्त्र, गृह विज्ञान, होटेल व्यवस्थापन, समाजशास्त्र, साधारण कानुन र चित्रकला ।

समूह (ख):

रसायनशास्त्र, अर्थशास्त्र, जनसंख्या शिक्षा, आमसञ्चार, दर्शनशास्त्र, जीवविज्ञान शिक्षा, पुस्तकालय तथा सूचना विज्ञान, वातावरण शिक्षा, व्याकरण, खेल विज्ञान ।

समूह (ग):

जीव विज्ञान, शिक्षण गणित, शिक्षण नेपाली, शिक्षण अंग्रेजी, नृत्य, इतिहास, संस्कृति, ट्राभल एन्ड टुरिज्म, इलिमेन्ट अफ फाइनान्स, ज्योतिष, नेपालको कानुनी व्यवस्था ।

समूह (घ):

गणित, स्वास्थ्य तथा शारीरिक शिक्षा, मनोविज्ञान, संगीत, लिंगुइस्टिक, सहकारी व्यवस्थापन, साहित्य, वाणिज्य शास्त्र, व्यावसायिक फलफूल उत्पादन, व्यावसायिक बाख्रापालन, कानुनको साधारण सिद्धान्त ।

समूह (ङ):

भूगोल, कम्प्युटर विज्ञान, नेपाली, मैथिली, हिन्दी, नेवारी, भौतिक शिक्षा, ग्रामीण विकास, न्याय, मूर्तिकला, परम्परागत संगीत, खाद्य उत्पादन तथा खाद्य सुरक्षा, पशुपालनसम्बन्धी परिचय, कम्प्युटर हार्डवेयर तथा आर्टिटेक्चर, जियोटेक्निकल इन्जिनियरिङ, इलेक्ट्रिकल इस्टालेसन अफ कमर्सियल एन्ड इन्डस्ट्रियल बिल्डिङ ।

समूह (च):

अंग्र्रेजी, लेखा, कृषि, फ्रेन्च, जापानी, उर्दू, जर्मन, मानव मूल्य शिक्षा, वेद, नीतिशास्त्र, एप्लाइड आर्ट्स, तबला, कृषि विस्तार तथा बजारीकरणमा सहभागिता, कुखुरा पालन व्यवसाय, कम्प्युटर प्रोग्रामिङ, सडक निर्माण सामग्री तथा परीक्षण, कन्ट्रोल एन्ड प्रोटेक्सन अफ इन्डस्ट्रियल पावर सप्लाइ सिस्टम, संवैधानिक कानुन तथा नेपाली कानुन ।

कुन विषयमा कति जीपीए ?

समूह १:  फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ वा कम्प्युटर साइन्स, एग्रिकल्चरका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जीपीए २ ल्याउनुपर्ने ।

समूह २:  एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्युनतम जीपीए १ दशमलब ६ हुनै पर्छ ।
समूह ३: म्याथम्याटिक्स, एकाउन्टेन्सी, जोग्राफी इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथम्याटिक्स, साइकोलोजी, इलिमेन्ट अफ फाइनान्स÷ज्योतिष, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथम्याटिक्सका लागि न्यूनतम जीपीए १ दशमलब ६ ल्याउनुपर्छ ।
समूह ४: फिजिक्स एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजुकेसन, टिचिङ साइन्समा न्यूनतम १ दशमलव ६ जीपीए ल्याउनुपर्छ ।
समूह ५: इङ्लिस, अल्टरनेटिभ इङ्लिस, टिचिङ इङ्लिस र लिंगुस्टिक पढ्नका लागि न्यूनतम जीपीए १ दशमलव ६ ल्याउनुपर्छ ।
समूह ६: मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ ल्याउनुपर्छ ।
समूह ७: नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जीपीए १ दशमलव ६ ल्याउनुपर्छ ।
समूह ८: पोलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स र रुलर डेभलपमेन्टको अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ जीपीए ल्याउनुपर्छ ।
समूह ९: इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि न्यूनतम १ दशमलव ६ चाहिन्छ ।
समूह १०: संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ जीपीए ल्याउनुपर्छ ।
समूह ११: मास कम्युनिकेसन, ह्युमेन भ्यालु एजुकेसन र ल विषय अध्ययन गर्न १ दशमलव ६ जीपीए ल्याउनुपर्छ ।
समूह १२: मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ जीपीए ल्याउनुपर्छ ।
समूह १३: डान्स, म्युजिक, स्कप्ल्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोटर््स र अरू भाषाका विषयमा न्यूनतम जीपीए १ दशमलव ६ जीपीए ल्याउनुपर्छ ।
– ज्ञानेन्द्र शर्मा, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्