अन्तत: सूर्यराज आचार्य र मुमाराम खनालले छोडे साझा पार्टी



न्युज अफ नेपाल, काठमाडौं ।

सूर्यराज आचार्य र मुमाराम खनाले साझा पार्टीबाट बाहिरिएका छन् ।

पार्टी बाहिर रहेर सहयोग गर्ने घोषणा गर्दै उनीहरुले पार्टी छोडेका छन् । पार्टी त्यागेका आचार्य पुन जोडिन चाहेमा स्वागत गर्ने बताइएको छ ।

यस्तै, साझा पार्टीले पार्टी, समूह र व्यक्तिहरुसँगको एकीकरणको प्रक्रियालाई अघि बढाउन वागमती प्रदेश संयोजक समीक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्