रुपन्देहीमा नाम, ठेगाना र मोवाईल नम्बर टिपेर सार्वजनिक बसमा यात्रा शुरु



यमलाल भुसाल,बुटवल ।

कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरि आइतबारदेखि रुपन्देहीमा सार्वजिनक बस सञ्चालन शुरु भएकोे छ । बस चलाउनुअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, ४६ सिटे बसमा बढीमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी कायम गरि बस संचालन शुरु गरिएको लुम्बिनी मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताउनु भयो ।

साढे तीन महिनासम्म ठप्प सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक सुरु गरिएको हो । आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकलित बसहरु चल्न थालेका छन ।सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रालिले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको छ ।

बसका सहचालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरी यातायात सेवा सुचारु गरिएको हो,’ प्रालिका अध्यक्ष अधिकारीले बताउनु भयो ।

महासंघले सरकारसँग राखेका माग र शर्त नाजायज नभएपनि विश्वव्यापी कोरोना महामारीका कारण सरकार नै अप्ठेरोमा परेका बेला सरकारलाई सघाउ पु¥याउनु व्यवसायीको पनि दायित्व सम्झेर सेवा सुचारु गर्न थालिएको बताएका छन । ‘वातानुकूलित बस भएकाले बुटवल–भैरहवाको ९० रुपैयाँ र भैरहवा–बर्दघाटसम्मको भाडा दर २ सय १० रुपैयाँ भाडा लिने निर्णय प्रालिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्