जम्बु-खागदलका विस्थापितलाई युवा संघद्वारा २ लाख सहयोग



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

जम्बु र खागदल बाढी पीडितका लागी राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले स्थानीय सरकारमार्फत २ लाख रकम सहयोग गरेको छ । आइतबार बाह्रविसेनगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई उनीहरुले बाढी पीडितका नाममा सहयोग रकम हस्तान्तरण गरे ।

युवा संघका जिल्ला संयोजक रुपेन्द्र आचार्यलेदुई लाख रकमको चेक हस्तान्तरण गर्नुभयो । बिधि सम्मत रएकद्धारप्रणालीमा पीडितलाई राहत प्रदान गर्नुपर्ने भन्दै स्थानीय सरकार मार्फत सहयोग गरिएको युवा संघका जिल्ला संयोजक आचार्यले बताउनुभयो । सहयोग रकम हस्तान्तरणका क्रममा युवा संघ प्रतिनीधि सभा १ नम्बर क्षेत्रका ईन्चार्ज सुरेन बिक्रम योञ्जन, २ नम्बर क्षेत्रीय संयोजक सौगात कर्माचार्य लगायत युवा संघका जिल्ला पदाधिकारी र नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

सहयोग हस्तान्तरणपछि धन्यवाद दिँदै बाह्रबिसेका मेयर निमफुञ्जो शेर्पाले स्थानीय सरकार मार्फत सहयोग गरेर युवा संघले अराजक मनोवृतिका युवाहरुलाई पाठ सिकाएको बताउनुभयो । ‘केहि युवाहरु दुई बोरा चामल बाकेर पीडितका अगाडी तमासा देखाइरहेका छन्, आज युवासंघले यसरी स्थानीय सरकार मार्फत सहयोग उपलब्ध गराउँदा तिनीहरुले पाठ सिक्नुपर्छ’, नेपाली काँग्रेस सम्वद्ध केहि युवाहरुले नगरपालिकासँग समन्वय नै नगरेकाप्रति मेयर शेर्पाले इंगित गर्नुभयो ।

राहतको भारी’ बोकेर जब युवाहरु खागदल पुगे

ल्याइएका राहत सामाग्री पीडित सम्म पुर्‍याउनका लागी नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिकालाई सहयोग गरेको छ । सडक अबरुद्ध हुँदा राहत सामाग्री बोकेरै लैजानुपर्ने अवस्था आएपछि युवा संघका नेताहरुले सिरक, डसना लगायतका आवास सामाग्री बाढीपीडितका घरमा पुर्‍याएका हुन् ।

युवा संघका नेता सुरेन बिक्रम योञ्जनको सहजीकरणमा युवा संघ जिल्ला पदाधिकारीसहित ५० बढि युवाहरुले खागदलबाट बिस्थापित भएर टारमा बसिरहेका पीडितहरुसम्म पुर्‍याइदिए । ‘सडक बिच्छेद भएपछि बोकेरै राहत सामाग्री लैजानुपर्ने अवस्था छ, युवा साथीहरुले ठूलो सघाऊ गर्नुभयो’, मेयर शेर्पाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्